ऋषि धमला « रिपोर्टर्स नेपाल

ऋषि धमला « रिपोर्टर्स नेपाल

काठमाडौँ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले शिक्षा र स्वास्थ्यमा राज्यले कर लगाउनु नहुने बताएका छन्। काठमाडौँको तिनकुनेस्थित पेन्टागन इन्टरनेसनल कलेजद्वारा सनिवार आयोजित अभिमुखीकरण तथा स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्य सेवा सबै नागरिकका लागि निःशुल्क हुनुपर्ने बताए । `शिक्षामा कर लगाएर हुँदैन, देशका निमुखा, दुःखी र गरिबका छोराछोरीले पनि सहजै गुणस्तरीय शिक्षा पाउनुपर्छ,` वरिष्ठ पत्रकार धमलाले भने `शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ। यसबारेमा मैले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समेत भनिसकेको छु।´

​आफ्नो पत्रकारिताको अनुभव स्मरण गर्दै आफूले प्रधानमन्त्री बालेन शाहको सबैभन्दा बढी अन्तर्वार्ता लिएको दाबी गरे । उनले तीन वर्षअघि कसैले पनि बालेन प्रधानमन्त्री हुन्छन् भनेर नसोचेको तर अहिले जनताले उनलाई त्यो ठाउँमा पुर्‍याएको बताए। `अहिले देशमा युवा नेतृत्व आएको छ, अब देश बन्नेमा म पूर्ण आशावादी छु। तीन वर्षअघि बालेन शाह यो देशको प्रधानमन्त्री हुन्छन् भनेर कसैले सोचेको थिएन । तर, आज जनताले बनाउन सफल भयो ,´ धमलाले भने ।

​कार्यक्रममा उपस्थित नवआगन्तुक विद्यार्थीहरूलाई उनले अनुशासित, असल र इमानदार बन्न आग्रह गरे। सफलताका लागि शिक्षा मात्र नभई संस्कार पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो। उनले विद्यार्थीहरुलाई भने,`जीवनमा जतिसुकै ठुलो र सफल व्यक्ति बने पनि आफूलाई जन्म दिने आमाबुबा र ज्ञान दिने शिक्षक (गुरु) लाई कहिल्यै भुल्नु हुँदैन। उहाँहरूको सधैँ सम्मान गर्नुपर्छ।´

​सो अवसरमा धमलाले पेन्टागन इन्टरनेसनल कलेजले विद्यार्थीहरूलाई दिँदै आएको उत्कृष्ट र गुणस्तरीय शिक्षाको प्रशंसा गर्दै कलेजको प्रगतिको कामना समेत गरे ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   6   =