ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधी

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधी

पोखरा ।

पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराहीले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन् ।

प्रतियोगिताका बिजेता खेलाडीले ६० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र तथा उप–बिजेता खेलाडीले ४० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उनीहरुलाई एक समारोहका विच प्रमुख अतिथि कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेन्द्र प्रताप चन्द, विशेष अतिथि किडासा प्रतिनिधी सविन उदास, बसन्त पराजुली, सन्जय आत्रय, पोखरा महानगर क्रिकेट समितिका पूर्व अध्यक्ष बिरेन्द्र पुन, क्यानका पूर्व सदस्य ऋषिराम गौतम लगायतले परस्कृत गरे ।

प्रतियोगितामा छात्रतर्फ कालिकाका राज परियारले सर्वोत्कृष्ट खेलाडीको उपाधी जिते । नवप्रभावतका अनिष रावत वेष्ट बलर र वेष्ट व्याट्स्म्यान बने । छात्रातर्फ बाराहीका हिरा घर्तिमगर सर्वोत्कृष्ट खेलाडी बनिन् । कालिकाका वर्षा पौडेलले वेष्ट बलर र वेष्ट ब्याटरको उपाधी जितिन ।

छात्रतर्फको फाइनलमा टस जितेर व्याटिङ रोजेको कालिकाले निर्धारित १७ ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । कालिकाको तर्पmबाट सुसान्त क्षेत्रीले २१ रन बनाए । जनप्रियका समिर कुमारले ५ तथा अमिर भट्टराईले २ विकेट लिए । प्रत्युत्तरमा जनप्रियका व्याट्स्म्यानहरु चल्न नसक्दा उसको पारी २९ रनमै समेटिन पुग्दा कालिका ७० रनले विजयी हुन पुग्यो । जनप्रियका सन्देश स्याङताङले १२ रन जोडे । फाइनल खेलमा म्यान अफ द म्याच बनेका कालिकाका बलर सुमन घर्तिले ४ विकेट लिए । राज परियारको हातमा ३ विकेट परेको थियो ।

छात्रातर्फ कालिकालाई १२ रनले पराजित गर्दै बाराही च्याम्पियन बन्यो । टस हारेर व्याटिङ गरेको बाराहीले ६७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । बाराहीका सुस्मिता श्रेष्ठले सर्वाधिक १६ रन हानिन् । कालिकाको बलिङमा चुनिसा मगरले ४ तथा वर्षा पौडेलले ३ विकेट लिए ।

यो पनि पढ्नुहोस् :  दुई महिने सिलाइ–कटाइ तालिम सकियो

प्रत्युत्तरमा कालिकाले पुरा ओभर खेलेर ८ विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो । कालिकाका वर्षा पौडेलले १३ रन जोडिन । प्लेयर अफ द म्याच बनेकि बाराहीका बलर हिरा घर्तिले २ तथा अर्का बलर कुसुम राईले २ विकेट लिइन ।

एक साता सम्म चलेको प्रतियोगितामा छात्रतर्फ ३२ तथा छात्रातर्फ १६ टिमको सहभागिता रहेको थियो ।

समापन समारोहका सभापति तथा आयोजक समितिका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गरे ।

छात्राबृत्ति रकमका लागि ब्रिटिस गोर्खाली क्रिकेट लिगका गमबहादुर गुरुङले १ लाख, जिएनजी जिआएफसी क्रिकेट क्लव, लण्डनका रपिन्द्र चिमाले ५१ हजार, अष्टे«लियाका शैलेन्द्र क्षत्री र रन्जु पराजुलीले १५ हजार तथा वान डे क्रिकेट एकेडेमी काठमाण्डौका सशी क्षेत्री र पुरुषोत्तम बानियाँले १० हजार सहयोग उपलब्ध गराएको कुँवरले जानकारी गराए । क्रिकेट खेलाडी सन्देश शाही ठकुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21985, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =