स्वास्थ्य बिमा बोर्डले दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य संस्थालाई २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको हो ।
मंसिर मसान्तसम्मका भुक्तानी प्रक्रिया सम्पन्न भइसकेको र त्यसपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दीगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको बोर्डले जनाएको छ।
विज्ञप्तिमा सेवा प्रदायक संस्थाहरूलाई बीमित नागरिकको उपचारमा कुनै अवरोध वा कठिनाइ सिर्जना नगर्न आग्रह गरिएको छ। साथै, निर्धारित मापदण्डअनुसार गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन बोर्डले निर्देशन समेत दिएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १९, शुक्रबार १२:३८स्वास्थ्य बिमा बोर्डले दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी
समाचार२०८३ असार १९, शुक्रबार ०७:१६नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
समाचार२०८३ असार १८, बिहीबार १६:५९भुजुङमा ACAP को पहलमा जैविक विविधता संरक्षणदेखि होमस्टे, चिया उद्योग र पर्यटन प्रवर्द्धनसम्म
कला, विचार/मनोरञ्जन२०८३ असार १८, बिहीबार १६:३५को हुन् ‘गौँथली’का निर्देशक डा. कपिल रिजाल, जसले अटिजमको कथालाई पर्दामा उतारे?









