कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार

कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार

पुरस्कार घोषणा पछि निर्देशक कमल एक्चै मगरले खुसी व्यक्त गर्दै चलचित्र विकास बोर्ड, निर्णायक मण्डल तथा सम्पूर्ण निर्माण टिमप्रति आभार प्रकट गरे


काठमाडौं । चलचित्र विकास बोर्डद्वारा आयोजित ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ मा निर्देशक कमल एक्चै मगर निर्देशित लघु चलचित्र ‘बाछिटा’ प्रथम घोषित भएको छ । प्रथम भए संगै लघु चलचित्रले नगद एक लाख पचास हजार प्राप्त गरेको छ।

राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा देशभरबाट सहभागी विभिन्न लघु चलचित्रलाई पछि पार्दै ‘बाछिटा’ उत्कृष्ट लघु चलचित्रको रूपमा छनोट हुन सफल भएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै चलचित्रले नेपाली लघु चलचित्र क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको मानिएको छ ।

पुरस्कार घोषणा पछि निर्देशक कमल एक्चै मगरले खुसी व्यक्त गर्दै चलचित्र विकास बोर्ड, निर्णायक मण्डल तथा सम्पूर्ण निर्माण टिमप्रति आभार प्रकट गरेका छन् । उनले ‘बाछिटा’को सफलता सम्पूर्ण टिमको मेहनत, विश्वास र निरन्तर संघर्षको प्रतिफल भएको बताए ।

‘बाछिटा’ ७ औं सिलिगुडी इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा पनि दोस्रो स्थान हासिल गरेको थियो । यससँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवहरूमा आधिकारिक छनोट भई सम्मानित भइसकेको चलचित्र हो । निर्माण पक्षका अनुसार ‘बाछिटा’ले हासिल गरेको यो सफलता नेपाली लघु चलचित्र निर्माणमा सक्रिय नयाँ पुस्ताका सर्जकहरूका लागि प्रेरणादायी बन्ने विश्वास लिइएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  शिक्षा, प्रेम र सामाजिक बन्धनको मार्मिक कथा बोकेको ‘गौँथली’ को ट्रेलर सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   8   =