तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति

‘जिरो डिग्री’ले सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा बसेर मनोरञ्जन लिन सक्ने अनुभव दिने निर्माण टिमको विश्वास छ।
काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ। पछिल्लो समय चलचित्रको रिलिज मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहँदा निर्माण टिमले भने चलचित्र पूर्वघोषित योजनाअनुसार नै तिहारमा रिलिज हुने स्पष्ट पारेको छ।
चलचित्रका निर्देशक आकाश बरालका अनुसार ‘जिरो डिग्री’को रिलिज मिति कुनै आवेग वा प्रतिस्पर्धालाई आधार बनाएर तय गरिएको होइन। कथा, बजार, दर्शक, वितरण, प्रचार–प्रसार र समग्र निर्माण योजनाको गहन अध्ययनपछि नै तिहारलाई प्रदर्शनको उपयुक्त समयका रूपमा रोजिएको उनले बताए।
“हामीले चलचित्रको छायांकन सम्पन्न भएपछि पहिलो चरणको सम्पादन हेरेर पूर्ण रूपमा विश्वस्त बनेपछि मात्र रिलिजको योजना सार्वजनिक गरेका हौँ। तिहार परिवारसँग बसेर चलचित्र हेर्ने उत्कृष्ट समय भएकाले हामी यही अवसरमा दर्शकमाझ आउँदैछौँ,” निर्देशक बरालले बताए।
चलचित्रका कार्यकारी निर्माता मोती कार्कीले पनि ‘जिरो डिग्री’ निर्धारित योजना अनुसार नै २०८३ सालको तिहारमा प्रदर्शन हुने जानकारी दिँदै रिलिज मिति परिवर्तन हुने हल्लामा कुनै सत्यता नरहेको बताए। उनका अनुसार निर्माण पक्षले प्रचार–प्रसारदेखि वितरणसम्मको सम्पूर्ण तयारी सोही योजनाअनुसार अगाडि बढाइरहेको छ।
सामाजिक, पारिवारिक, भावनात्मक तथा हास्यप्रधान कथावस्तुमा आधारित चलचित्र ‘जिरो डिग्री’ले सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा बसेर मनोरञ्जन लिन सक्ने अनुभव दिने निर्माण टिमको विश्वास छ। अन्य स्वदेशी वा विदेशी चलचित्रसँग प्रतिस्पर्धाभन्दा पनि आफ्नै कथा, प्रस्तुति र पात्रमार्फत दर्शकको मन जित्ने लक्ष्य रहेको निर्माण पक्षको भनाइ छ।
‘बेहुली फ्रम मेघौली’पछि निर्देशकद्वय साजन काफ्ले र आकाश बरालको दोस्रो चलचित्रका रूपमा निर्माण भएको ‘जिरो डिग्री’मा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुभाष गजुरेल, रामबाबु रेग्मी, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल र सबिना थापा क्षेत्रीलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका लेखक, निर्देशक तथा निर्माता साजन काफ्ले र आकाश बराल हुन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्। चलचित्रमा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, अंकित बाबु अधिकारीको संगीत, युवराज काफ्लेका गीत, मानस्वी मलालको पाश्र्वसङ्गीत तथा शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ११, आईतवार १६:२८चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह









