राजेश पायल र रचनाको दशैं गीतमा आमेश र दिपिका (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसर पारेर दशैं गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायक राजेश पायल राई र गायिका रचना रिमालको स्वरमा दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘गरौँ रमाइलो’ बोलको गीतमा शब्द रचना बिष्णु भण्डारीको र संगीत बिशाल निरौलाको रहेको छ।
केहि दिन अघि मात्र गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको दशैं गीत निर्देशन गरेर सार्वजनिक गरेका निर्देशक कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन्। हिन्दुहरुको महान चाड दशैंको माहोलमा दशैं गीत सार्वजनिक गर्दा दर्शक श्रोतालाइ मनोरंजन संगै आफ्नो कला संस्कृतिको माया झनै बढ्ने निर्देशक पौडेलले बताए। लामो समय देखि परदेशमा बस्दै आएका बिष्णु भण्डारीले आफ्नो देश र चाड पर्वको सम्झनमा यो गीत निर्माण गरेको बताए।
आमेश भण्डारी र दिपिका थापा फिचर्ड भिडियोमा सुरेश काफ्लेको डिओपी,आरडी दुलालको छायांकन,बिष्णु खड्काको सम्पादन र कलर संयोजन रहेको छ। भिडियो साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनीक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २०, बुधबार २०:०१निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन २०, बुधबार १०:२६बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
समाचार२०८२ फाल्गुन २०, बुधबार ०७:३६निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित








