विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

धादिङ, असार ३० गते ।
विद्यालय तहका विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन गरिएको छ । विद्यालय तहका विद्यार्थीलाई डिजिटल प्रविधिमार्फत विपद् व्यवस्थापनमा सहभागी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । ग्यानोभेशन रिसर्च सेन्टरको आयोजना तथा एक्सन नेपालको सहजीकरणमा धादिङका तीन माध्यमिक विद्यालय र एक क्याम्पसमा उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागी विद्यार्थीलाई बाढी, पहिरो, सडक अवरुद्ध, विद्युत् पूर्वाधारमा क्षतिलगायत विपद्का घटनाको वास्तविक अवस्थाबारे डिजिटल माध्यमबाट सूचना सङ्कलन र सम्बन्धित निकायसम्म समयमै पु¥याउने विधिबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो । घटनास्थलको तस्बिर, स्थान र आवश्यक विवरण अभिलेखीकरण गर्दै विपद्को सूचना कसरी प्रणालीमा प्रविष्ट गर्ने भन्ने अभ्याससमेत गराइएको क्रिष्टा परियोजनाकी स्वयमसेविका दिक्षा अधिकारीले जानकारी दिनुभयो ।

प्रशिक्षणका क्रममा विपद् जोखिम न्यूनीकरणमा सूचना प्रविधिको बढ्दो महत्व, समुदायमा समयमै सूचना आदानप्रदानको आवश्यकता तथा विपद्का बेला स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच समन्वयलाई प्रभावकारी बनाउन डिजिटल प्रणालीको भूमिकाबारे जानकारी दिइएको थियो ।

आयोजकका अनुसार विपद् व्यवस्थापन सरकारी निकायको मात्र दायित्व नभई समुदायको साझा जिम्मेवारी भएकाले विद्यालय तहबाटै डिजिटल साक्षरता र विपद् सचेतना विकास गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीले सिकेका सीप परिवार र समुदायसम्म विस्तार हुने अपेक्षासहित विद्यालयलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

तालिमका क्रममा विपद् सूचना व्यवस्थापनका लागि प्रयोग हुने क्रिस्टा (CRISTA) डिजिटल प्रणालीको प्रयोगसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो। सहभागीलाई प्रणालीमा दर्ता गर्ने, विपद्का घटनाको विवरण अभिलेख गर्ने तथा आवश्यक सूचना सम्बन्धित निकायसम्म पठाउने प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो।

कार्यक्रम चण्डेश्वरी माध्यमिक विद्यालय, नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय तथा नीलकण्ठ बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको थियो। तीन विद्यालय र एक क्याम्पसका गरी २६९ जना विद्यार्थी तालिममा सहभागी भएको अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् :  कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित

विद्यालय तहमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले नयाँ पुस्तामा विपद् जोखिम न्यूनीकरणसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै सूचना प्रविधिको उपयोगमार्फत समुदायमा सुरक्षित र उत्तरदायी विपद् व्यवस्थापन संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   1   =