‘मास्टर्नी’ प्रियंका कार्कीलाई दुर्गेशको उपहार (भिडियो)

‘मास्टर्नी’ प्रियंका कार्कीलाई दुर्गेशको उपहार (भिडियो)

प्रियंका र दुर्गेशबीच चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ पछि राम्रो सम्बन्ध बनेको थियो।


काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रचार–प्रसारका लागि गायक दुर्गेश थापाले विशेष गीत तयार गरेका छन्। प्रियंका र दुर्गेशबीचको घनिष्ठ सम्बन्धका कारण उनले यो गीत चलचित्रलाई उपहारस्वरूप दिएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो। गीतमा दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको छ भने गायनमा उनलाई बबिना किरातीले साथ दिएकी छन्। गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्।

अभिनेत्री प्रियंका कार्कीका अनुसार गीतको अडियोदेखि भिडियोसम्मको सम्पूर्ण निर्माण दुर्गेशले आफ्नै खर्चमा गरेका हुन्। उनले भनिन्, “यो गीत दुर्गेशजीले मलाई कोसेलीका रूपमा दिनुभएको हो। अडियो र भिडियो दुवै उहाँले आफ्नै खर्चमा तयार गर्नुभएको हो। चलचित्रको देशव्यापी प्रचार अभियानमा पनि उहाँ बिना कुनै पारिश्रमिक सहभागी हुँदै हुनुहुन्छ। यो मेरो लागि निकै ठूलो साथ र अविस्मरणीय उपहार हो।”

प्रियंका र दुर्गेशबीच चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ पछि राम्रो सम्बन्ध बनेको थियो। सोही मित्रताको निरन्तरतास्वरूप दुर्गेशले ‘मास्टर्नी’का लागि यो गीत निःशुल्क तयार गरेको बताइएको छ।

शुभेन्दु घोषको निर्देशनमा बनेको ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ। चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, सिम्रन खड्का, अनुप विक्रम शाहीलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान देशराज जोशी र प्रनित कार्की हुन् भने कार्यकारी निर्माताका रूपमा निर्देशक सिमोस सुनुवार र सुरक्षा सिंह मल्होत्राले जिम्मेवारी सम्हालेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  निर्माता तथा गीतकार राकेश शाह
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =