पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

धादिङबेशी,४ साउन । गजुरी गाउँपालिका–६ स्थित आदामघाट र गल्छी गाउँपालिका–२ को बेलिनटार जोड्ने झोलुङ्गे पुलको पूर्वतर्फ रहेको लठ्ठामा पहिरोले थिच्दा पुलमा आंशिक क्षति पुगेको छ। पहिरोका कारण पुल ढल्किएपछि सर्वसाधारणको आवतजावत जोखिमपूर्ण बनेको छ।
पुलको अवस्था निरीक्षण तथा थप क्षति न्यूनीकरणका लागि धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्का र गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठसहितको टोली घटनास्थल पुगेको छ।
पहिरोले पुलको लठ्ठामाथि थुपारेको माटो हटाउन गजुरी गाउँपालिकाको दमकलबाट उच्च चापमा पानी प्रयोग गरिएको छ। पुलको लठ्ठा पुनः माथि उकास्ने तथा संरचनालाई थप क्षति हुनबाट जोगाउने काम पनि अघि बढाइएको छ।
उद्धार तथा मर्मतसम्बन्धी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदामघाट, गजुरीस्थित भैरवनाथ गणको नेपाली सेना र गजुरी गाउँपालिकाको संयुक्त टोली परिचालन गरिएको छ।
गजुरी गाउँपालिकाले पुलमा थप क्षति हुन नदिन, जोखिम न्यूनीकरण गर्न तथा सर्वसाधारणको आवतजावत यथाशीघ्र सहज र सुरक्षित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी तत्काल आवश्यक पहल भइरहेको जनाएको छ।
पुल पूर्ण रूपमा सुरक्षित नभएसम्म आवतजावत गर्दा विशेष सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८३ श्रावण ५, मंगलवार १९:२५नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता








