नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै « रिपोर्टर्स नेपाल

काठमाडौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि नेदरल्यान्ड्समा सुरु हुँदै छ।
सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा हुनेछ। यो त्रिकोणात्मक सिरिज लिग–२ अन्तर्गतका महत्त्वपूर्ण खेलहरूको हिस्सा हो।
आठ टोली सहभागी प्रतियोगितामा नेदरल्यान्ड्स तेस्रो, नेपाल पाँचौँ र नामिबिया सातौँ स्थानमा रहेका छन्। एकदिवसीय (ओडीआई) मान्यता कायम राख्ने र आगामी विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने नेपालका लागि बाँकी खेलहरू निकै महत्त्वपूर्ण छन्।
नेपालले लिग–२ मा हालसम्म २८ खेल खेल्दै ११ खेलमा जित र १७ खेलमा हार बेहोरेको छ। यस सिरिजमा नेपालले नामिबिया र घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध दुई–दुई खेल खेल्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा सुधार गर्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति









