२६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

२६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

नेपाल निवृत्त शिक्षक समाज, जिल्ला समिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका शिक्षकहरूको सम्मान गर्नुका साथै समाजको वार्षिक प्रकाशन ‘प्रज्ञा–वर्तिका’ को लोकार्पण गरिएको हो।

नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केशरी प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य पुष्पविक्रम मल्ल प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष गुणराज गौतम विशेष अतिथि रहनुभएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्साल, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा तथा निवृत्त शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुष्पविक्रम मल्लले राष्ट्र निर्माणका लागि शिक्षित, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्न निवृत्त शिक्षकहरूको अनुभव अझै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई इतिहास, राष्ट्रिय स्वाधीनता, प्रविधिको सही प्रयोग तथा अनुसन्धानमुखी शिक्षातर्फ उन्मुख गराउन अग्रज शिक्षकहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष गुणराज गौतमले समाजका गतिविधिलाई अझ प्रभावकारी बनाउन आजीवन सदस्यता विस्तार, प्रकाशनलाई निरन्तरता तथा निवृत्त शिक्षकहरूको ज्ञान र अनुभवलाई समाज रूपान्तरणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकहरू औपचारिक सेवाबाट निवृत्त भए पनि ज्ञान र सामाजिक जिम्मेवारीबाट कहिल्यै निवृत्त नहुने धारणा व्यक्त गर्नुभयो।

बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले वर्तमान समाजमा देखिएका विकृति हटाउन नैतिक शिक्षा र गुरुहरूको मार्गदर्शन आवश्यक रहेको बताउँदै निवृत्त शिक्षकहरूले सामाजिक सचेतनामा अझ सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।

जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले गुरु परम्पराले दिएको नैतिक शिक्षा आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिको संरक्षणमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

कार्यक्रममा ‘प्रज्ञा–वर्तिका’ प्रकाशन समितिका सम्पादन समिति संयोजक नवीन बन्धु पहाडीले प्रकाशनलाई धादिङको इतिहास, संस्कृति, शिक्षा तथा बौद्धिक योगदानको दस्तावेजका रूपमा विकास गर्दै आगामी दिनमा अझ गुणस्तरीय बनाइने बताउनुभयो। उहाँले निवृत्त शिक्षकहरूको अनुभव र अनुसन्धानलाई पुस्तान्तरण गर्ने माध्यमका रूपमा प्रकाशनलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस् :  समाचार सम्प्रेषणमा संयमित र जिम्मेवार बन्न काउन्सिलको आग्रह « प्रेस काउन्सिल नेपाल

नेपाल निवृत्त शिक्षक समाज धादिङका उपाध्यक्ष विनोदमान श्रेष्ठले स्वागत मन्तव्य राख्दै गुरु पूर्णिमा गुरुहरूप्रतिको सम्मान र कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले निवृत्त शिक्षकहरू औपचारिक सेवाबाट अलग भए पनि समाजप्रतिको दायित्वबाट कहिल्यै अलग नहुने उल्लेख गर्नुभयो।

गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले धादिङको शैक्षिक इतिहास निर्माणमा अग्रज शिक्षकहरूले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी पुस्ताका लागि उनीहरूको अनुभव प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केशरी प्रसाद पन्तले निवृत्त शिक्षकहरू समाजका अमूल्य बौद्धिक सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको अनुभवलाई शिक्षा, समाज र राष्ट्र निर्माणमा उपयोग गर्न समाज निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षक सम्मान, प्रकाशन तथा ज्ञान आदान–प्रदानका यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो।

कार्यक्रममा समाजका आजीवन सदस्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   10   =