कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ छायांकन वेस्ट सिटीबाट सुरु

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद
काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को छायांकन शुभारम्भ भएको छ। साउनको सोमवार काठमाडौंको नैकाप स्थित वेस्ट सिटी अस्पतालबाट चलचित्रको छायांकन प्रारम्भ गरिएको हो।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्र निर्माता रघुनाथ सापकोटा हुन्। लामो समयको चलचित्र पत्रकारिता अनुभव पश्चात सापकोटाले चलचित्र निर्माण अघि बढाएका हुन्। रघुजी फिल्मस्ले अब निरन्तर चलचित्र निर्माण गर्ने उनले बताए। पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुने चलचित्रको सम्पूर्ण छायांकन काठमाडौँ आसपासका क्षेत्रमा हुनेछ।
चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। निरज नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा सगुन तामाङ मुख्य सहायक निर्देशन,उत्सव पौडेल,सबिता रेग्मी र धर्मेन्द्र केसी सहायक निर्देशन,गणेश बानियाँ आर्ट,शमशेर लामाको शृंगार र जीवन पोखरेलले भेषभुषाको जिम्मेवारी सम्हाल्नेछन्।

चलचित्रमा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, विनोद केसी, लीसा क्षेत्री,सुरेश तिमल्सिना, राजु तिमल्सिना,आयुष्मा गिरी तथा पवन खतिवडा ‘बाबा’ लगायतका कलाकारहरूको अभिनय रहनेछ।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताए। आरआर फिम्सले वितरणको जिम्मेवारी लिएको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









