देवानगञ्ज घटनामा नागरिक मञ्चको ध्यानाकर्षण, निष्पक्ष अनुसन्धानको माग

पोखरा । नागरिक मञ्च, गण्डकी प्रदेशले सुनसरीको देवानगञ्ज गाउँपालिकामा हिन्दु र मुस्लिम समुदायबीच भएको विवादमा एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ।
बुधबार जारी विज्ञप्तिमा मञ्चले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
मञ्चले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले यहाँको सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वासलाई जोगाइराख्नु सबैको साझा जिम्मेवारी भएको जनाएको छ। विगतमा पनि यस्ता मतभेद संवाद र आपसी समझदारीबाट समाधान हुँदै आएको विज्ञप्तिमा उल्लेख छ।
यस्ता संवेदनशील घटनालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने, भ्रम फैलाउने, घटनालाई तोडमोड गरेर प्रस्तुत गर्ने तथा साम्प्रदायिक द्वेष बढाउने गतिविधिबाट टाढा रहन मञ्चले सबैलाई आग्रह गरेको छ। साथै अपुष्ट सूचना र भ्रामक प्रचारप्रसार नगरी सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेको छ।
मञ्चले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी पहल गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।
विज्ञप्तिमा शान्ति, सामाजिक सद्भाव, कानुनी शासन र राष्ट्रिय एकता नै समृद्ध नेपालको आधार भएको उल्लेख गर्दै सबै नागरिकलाई सामाजिक एकता कायम राख्न अपिल गरिएको छ।
उक्त विज्ञप्तिमा नागरिक मञ्च, गण्डकी प्रदेशका संयोजक विष्णुप्रसाद बराल, नागरिक समाजका प्रतिनिधि टङ्कप्रसाद चापागाईं, इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारी, अधिकारकर्मी केशु भुजेल तथा अधिकारकर्मी एवं पत्रकार मधु पन्थीको हस्ताक्षर रहेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22197, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








