सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी व्यवस्थापकलाई सम्मान गरेको छ।
शाखाले आयोजना गरेको ‘अभिकर्ता सम्मान तथा उपलब्धि समीक्षा कार्यक्रम’ मा वर्षभर उत्कृष्ट टिम व्यवसाय गर्ने, व्यक्तिगत रूपमा उत्कृष्ट व्यवसाय गर्ने, सर्वाधिक बीमालेख (पोलिसी) बिक्री गर्ने तथा उत्कृष्ट मासिक एजेन्सीका रूपमा सफल भएका अभिकर्तालाई विभिन्न विधामा सम्मान गरिएको हो। यसका साथै चेयरम्यान क्लब, प्रमुख कार्यकारी अधिकृत (सिइओ) क्लबलगायत विभिन्न उपलब्धिमूलक श्रेणीमा स्थान बनाउन सफल अभिकर्तालाई पनि सम्मान गरिएको शाखाले जनाएको छ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक उपलब्धिको समीक्षा गर्दै शाखाले कम्पनीले दिएको लक्ष्यभन्दा १२९ प्रतिशत प्रिमियम व्यवसाय गर्न सफल भएको जानकारी दिइयो। शाखाले चालु आर्थिक वर्षको सुरुआतमै करिब ३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरिसकेको जनाएको छ।
शाखा प्रमुख जीवन सिलवालले उक्त उपलब्धि कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीको विश्वास र सहकार्यको परिणाम भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि गुणस्तरीय सेवा विस्तार गर्दै थप नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार जीवन बीमा केवल आर्थिक योजना मात्र नभई परिवारको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम हो। कुनै अप्रत्याशित दुर्घटना वा आर्थिक संकटका बेला जीवन बीमाले आश्रित परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्दै उनीहरूको जीवनयापन र भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने उहाँको भनाइ थियो।
सिलवालले सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङ शाखाले विगतदेखि नै जिल्लामा जीवन बीमाको पहुँच विस्तार गर्दै हजारौँ नागरिकलाई बीमाको दायरामा ल्याउने कार्य निरन्तर गर्दै आएको पनि बताउनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १८, सोमबार १४:१९माइतीघर डुबान समस्यामा दीर्घकालीन समाधानको खोजी गरिँदै
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १८, सोमबार ०७:५६बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने
समाचार२०८३ श्रावण १८, सोमबार ०७:२६सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय
समाचार२०८३ श्रावण १७, आईतवार २०:१७गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण








