विश्वकप लिग-२ : नामिवियासँग भिड्दै नेपाल

काठमाडौं, साउन ११ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा लगातार दुई खेलमा हार बेहोरेको नेपालले आज सोमबार तेस्रो खेल खेल्दै छ ।
दुई खेलमा नेरदल्यान्ड्स र नामिवियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिवियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४:४५ बजे सुरु हुनेछ । अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना निकै सकसपूर्ण बनेको छ ।
पहिलो खेलमा नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा भएको खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा देखिएको थियो। जेजे स्मिथको घातक बलिङसामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन्। नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७ ओभर चार बलमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो ।
दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल ६ विकेले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको समान १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३५ ओभरको समाप्तिमा चार विकेट गुमाएर पूरा गरेको थियो । सुरुवातका दुई खेलमा पराजित भएको नेपाल तेस्रो खेल जित्नै पर्ने दबाबमा छ ।
नेपालसमेत सहभागी शृङ्खलामा आयोजक नेदरल्यान्ड्सको दोस्रो जित निकालेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको नेदरल्यान्ड्सले शनिबार भएको खेलमा नामिबियालाई ५८ रनले हराएको हो । यो जितसँगै नेदरल्यान्ड्सले ३० खेल खेल्दा ३६ अङ्क जोड्दै आफूलाई तेस्रो स्थानमा बलियो बनाएको छ । समान खेल खेलेको नेपाल र नामिविया समान २४ अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल









