एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक हात पारेको छ। करातेका तेन्जिङ शेर्पाले नेपालका लागि कांस्य पदक जितेका हुन्।
बुधबार भएको पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहअन्तर्गतको प्रतिस्पर्धामा तेन्जिङले कांस्य पदक सुरक्षित गरे।
सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएपछि रेपिचेजमार्फत कांस्यका लागि प्रतिस्पर्धा गरेका तेन्जिङले लाओसका वात्थाना जायासनलाई ९–१ को प्रभावशाली अन्तरले पराजित गर्दै पदक जितेका हुन्।
यसअघि करातेबाट पदकको आशा गरिएका नेपाली खेलाडीहरूले अपेक्षित सफलता हात पार्न सकेका थिएनन्। तेन्जिङको पदकसँगै नेपालले प्रतियोगितामा पहिलोपटक पदकको खाता खोलेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ७, बुधबार २२:१८सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल
समाचार२०८३ आश्विन ७, बुधबार २१:४७बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग
सूचना-प्रविधि२०८३ आश्विन ७, बुधबार १३:३२फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
खेलकुद२०८३ आश्विन ७, बुधबार १२:१६एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक









