सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो

सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो

काठमाडौँ, २९ साउन । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश र रेबिजविरुद्धको खोप आएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले सर्पदंशविरुद्धको खोप र रेबिजविरुद्ध प्रयोग हुने खोप बिहीबार प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार सर्पदंशविरुद्धको आठ हजार २०० भायल र रेबिजविरुद्धको १७ हजार ६०० भायल खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ ।

प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ । केही दिनअघिदेखि रेबिजविरुद्धको खोप सहज रुपमा प्राप्त नभएको गुनासो थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   5   =