मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानास्थित नयाँपुल–बिरेठाँटी सडक खण्ड नजिक मोदी खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीले सकुशल उद्धार गरेको छ।
बिहान करिब २:१५ बजे आएको बाढीले मन्दिरसम्म पुग्ने पर्वत र कास्कीतर्फका दुई वटा मेटल पुल बगाएपछि मन्दिरमा एक जना पुजारी र दुई जना भक्तजन फसेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ सदस्यीय रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक सामग्रीसहित परिचालन गरिएको थियो। नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १६ जना प्रहरीसमेत उद्धारमा खटिएका थिए।
रोप रेस्क्यु विधिमार्फत बिहान ७:५५ बजेदेखि ८:१५ बजेसम्म तीनै जनालाई सुरक्षित रूपमा उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार गरिएका व्यक्तिहरूमा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई बिरेठाँटी माध्यमिक विद्यालयमा अध्यापनरत करिब ३० वर्षीय रेवन्तप्रसाद सिंह तथा विगत पाँच वर्षदेखि मन्दिरमा पुजारीका रूपमा कार्यरत ५२ वर्षीय भारतीय नागरिक निर्माण गिरी रहेका छन्।
उद्धार कार्यमा सशस्त्र प्रहरीका देवराज खनाल, सन्तोष बाँनियाँ, इन्द्रबहादुर गुरुङ र जनक बुढालगायतको टोली सक्रिय रहेको थियो।
बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडक खण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडक बग्दा यातायात अवरुद्ध भएको छ। साथै, नयाँपुल क्षेत्रमा विद्युत् पोलसमेत बगाउँदा विद्युत् सेवा प्रभावित बनेको छ।
घटनास्थलको अनुगमन तथा उद्धार टोलीलाई हौसला प्रदान गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू स्थलगत रूपमा पुगेका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22342, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो
समाचार२०८३ श्रावण २५, सोमबार १०:५१पोखराका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेका १८ जना पक्राउ








