पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

धादिङ,३१ साउन
धादिङको नीलकण्ठ नगरपालिका स्थित पुछार बजार टोल विकास संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी शरणकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । संस्थाको सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा चौथौं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा ईन्द्र बहादुर मगर,सचिवमा दयाराम लम्साल,कोषाध्यक्षमा गुनमायाँ श्रेष्ठ निर्वाचित हुनुभएको छ।

संस्थाको सदस्यहरुमा सिता तिवारी,रेजिना थापा मगर,गोगन मायाँ प्रधान,सुरेश कुमार श्रेष्ठ,राजेन्द्र कुवंर,सुजन श्रेष्ठ र मोतिराम ईटनी निर्वाचित हुनुभएको छ । टोल विकास संस्था महासंघका अध्यक्ष नरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =