प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौँ- प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ ।

भोलिको बैठकका लागि संघीय संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद ९ बमोजिम सदस्यहरुले सोधेको प्रश्नहरुको प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने उल्लेख छ ।

प्रश्नोत्तरमा ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराउनु भएको छ । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदले ७ वटा प्रश्न दर्ता गर्न पाउने भए पनि ३ वटा मात्र दर्ता गरेका छन् ।

अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नु भएको थियो। तोकिएको अवधिमा ११ वटा प्रश्न मात्र दर्ता भएका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   5   =