बाढीपहिरो प्रभावितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग

बाढीपहिरो प्रभावितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग

काठमाडौँ। बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कालिका कन्स्ट्रक्सन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्।

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति पाण्डेले दुःख व्यक्त गरेका छन्।

उनले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पाण्डेले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आगामी दिनमा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उद्धार कोषमा उक्त रकम प्रदान गरिएको बताएका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22424, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   2   =