तिब्बतमा थुनिएको ताल फुट्यो, नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोले बनेको ठूलो ताल फुटेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएको हो। ताल फुटेपछि नदी तटीय क्षेत्रमा सम्भावित बाढीको जोखिम रहेकाले स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको उनले बताए।
‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ,’ प्रजिअ परियारले भने।
छोचेन र पुरेपू त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदी हुन्। तिब्बतबाट बग्ने यी नदी नेपाल प्रवेश गरेपछि भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा मिसिन्छन्।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालयले थप पानी जम्मा हुन सक्ने भन्दै तालको अवस्था निगरानी गरिरहेको थियो।
ताल फुट्ने जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियानसमेत स्थगित गरेको छ। उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा सुरक्षित स्थानमा हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22434, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १३, शनिबार २०:२०प्रतिभा उच्च माविले जित्यो मन्जु बहादुर बस्नेत मेमोरियल ह्यान्डबलको उपाधि
समाचार२०८३ भाद्र १२, शुक्रबार १७:४२प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
समाचार२०८३ भाद्र १२, शुक्रबार १७:१७रसुवाको बाढीमा ५४७ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन
समाचार२०८३ भाद्र १२, शुक्रबार १२:२९तिब्बतमा थुनिएको ताल फुट्यो, नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह







