प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेको कोषको खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै राहत तथा उद्धारका लागि सहयोग आह्वान गरेको थियो। त्यसपछि विभिन्न व्यक्ति तथा संस्थाले कोषमा सहयोग रकम जम्मा गर्न थालेका हुन्।
सरकारले कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। संस्थागत रूपमा १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन्।
यसैगरी व्यक्तिगत रूपमा सहयोग गर्न चाहनेले मन्त्रालयमै पुगेर नगद सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
पछिल्लो सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो।
यसअघि बिहीबार मात्रै ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकममा मित्रराष्ट्रहरूले घोषणा गरेका सहयोग भने समावेश छैन।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22440, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १२, शुक्रबार १७:४२प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
समाचार२०८३ भाद्र ११, बिहीबार १६:५९बाढीपहिरो प्रभावितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग
समाचार२०८३ भाद्र ११, बिहीबार १३:०७भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा








