भोटेकोशी बाढीपछि धादिङको लाखे जात्रा स्थगित

धादिङ, १२ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षति तथा गोसाइँकुण्ड यात्रामा गएका व्यक्तिहरु अझै सम्पर्कविहीन रहेको अवस्थालाई ध्यानमा राख्दै भिंगु नेवा: समाज धादिङले यस वर्षको लाखे जात्रा स्थगित गर्ने निर्णय गरेको छ।
समाजले बिहिबार जारी गरेको सूचनामा मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै पूर्वनिर्धारित लाखे जात्रा सञ्चालन नगर्ने निर्णय गरिएको उल्लेख छ। धादिङबेँसी क्षेत्रमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको लाखे जात्राका लागि आवश्यक तयारी पूरा भइसकेको भए पनि भदौ १० गतेको बाढीपछिको परिस्थितिका कारण जात्रा स्थगित गरिएको समाजका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
नेवा: परम्परा तथा संस्कृतिअनुसार जनैपूर्णिमादेखि सुरु हुने लाखे जात्रा हरितालिका तीजको भोलिपल्ट चौथीका दिन विधिवत् रूपमा समापन गर्ने प्रचलन छ। जात्रा स्थगित भए पनि परम्परासँग सम्बन्धित केही धार्मिक तथा श्रद्धाञ्जली कार्यक्रम भने सञ्चालन गरिने समाजले जनाएको छ।
समाजका अनुसार भदौ १२ गते आज बिहान ८ बजे धादिङबेँसीको बिचबजारस्थित गणेश मन्दिरमा पूजा गरी सुगमटोलस्थित राधाकृष्ण मन्दिर परिसरमा लाखे पूजा गरिएको थियो ।
त्यस्तै भदौ १३ गते गाईजात्राका दिन बिहान ९ बजे यस वर्ष दिवङ्गत भएकाहरूको स्मरणमा श्रद्धाञ्जली व्यक्त गर्नुका साथै भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। बाढीपछि बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै सोही दिन बिचबजारस्थित गणेश मन्दिर अगाडि सामूहिक दीप प्रज्वलन तथा प्रार्थना गरिने समाजले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल









