चलचित्र ‘ककाकिकी’ को रिलिज मिति सर्‍यो, अब कहिले ? » Celebrity Nepal

चलचित्र ‘ककाकिकी’ को रिलिज मिति सर्‍यो, अब कहिले ? » Celebrity Nepal

‘ककाकिकी’को नयाँ प्रदर्शन मिति २०८३ मंसिर ११ गतेका लागि तय


काठमाडौं । चलचित्र ‘ककाकिकी’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको हो ।

निर्माण कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिले विज्ञप्ति जारी गर्दै देशमा आएको बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण चलचित्रको रिलिज तथा सम्पूर्ण प्रचारप्रसारका गतिविधि तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

विज्ञप्तिमा विपत्तिका कारण जनधनको ठूलो क्षति भएको अवस्थामा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्ने अवस्था नरहेको उल्लेख गरिएको छ । निर्माण पक्षले विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा प्रभावितहरूको शीघ्र उद्धार र पुनःस्थापनाको कामना गरेको छ ।

यससँगै निर्माण पक्षले ‘ककाकिकी’को नयाँ प्रदर्शन मिति २०८३ मंसिर ११ गतेका लागि तय गरिएको जानकारी दिएको छ । चलचित्रको प्रचारप्रसार तथा अन्य गतिविधि नयाँ रिलिज मितिअनुसार अघि बढाइने जनाइएको छ ।

बिक्की अग्रवालको निर्देशनमा बनेको चलचित्रमा रेखा थापा, गौरी मल्ल, तृप्ति नाडकर, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगर लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको शीर्ष गीत ‘ककाकिकी’ यसअघि नै सार्वजनिक भइसकेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  बाढीपहिरोको असर मनोरञ्जन क्षेत्रमा पनि, गाईजात्रादेखि अन्तर्राष्ट्रिय कन्सर्टसम्म स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   3   =