प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत

प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत

पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी पुनः सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ (रोजी) र सहसचिवमा बालकुमारी पौडेल (तारा) चयन भएका छन् । सदस्यमा संजय थापा र बसन्त गिरी चयन भएका छन् ।

यसअघि साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले गरेका थिए । उद्घाटन सत्रमा क्लबका सचिव गौरव त्रिपाठी र कोषाध्यक्ष राजु गिरीले प्रस्तुत गरेका प्रतिवेदनमाथि बन्द सत्रमा छलफल गरी पारित गरिएको थियो ।

क्लबले साउन २५ गते बसेको बैठकबाट भदौ १३ गते अधिवेशन गर्ने मिति तय गरेको थियो । तर, भदौ १० गते रसुवामा आएको बाढीका कारण देश विपत्तिमा परेकाले तामझामसहित कार्यक्रम गर्न उपयुक्त नहुने भन्दै सामान्य रूपमा अधिवेशन तथा साधारणसभा सम्पन्न गरिएको नवनिर्वाचित अध्यक्ष एकराज गिरीले बताए ।

‘देश शोकमा रहेका बेला तामझामसहित कार्यक्रम गर्न उचित ठानेनौँ । त्यसैले सामान्य रूपमा अधिवेशन र साधारणसभा सम्पन्न गरेका छौँ,’ उनले भने । अध्यक्ष गिरीले आगामी दिनमा क्लबलाई उद्देश्यअनुरूप थप सक्रिय बनाउँदै रचनात्मक गतिविधि सञ्चालन गर्ने बताए ।
२०७९ सालमा स्थापना भएको प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ राशिको प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । क्लबले २०८१ सालमा पहिलो पुरस्कार पोखराका अग्रज फोटो पत्रकार कृष्णमणि बराललाई प्रदान गरेको थियो ।

अध्यक्ष गिरीका अनुसार २०८२ र २०८३ सालको पुरस्कार यस वर्ष प्रदान गरिनेछ । पुरस्कारका लागि छुट्टै दाता नभएकाले विभिन्न कार्यक्रमबाट खर्च कटाएर रकम जम्मा गरी पुरस्कार प्रदान गर्दै आएको उनले बताए । ‘गत वर्ष विभिन्न कारणले पुरस्कार प्रदान गर्न सकेनौँ । दुई वर्षको पुरस्कार यस वर्ष वितरण गर्नेछौँ,’ गिरीले भने ।

यो पनि पढ्नुहोस् :  संस्कृत युवा मञ्च नेपालको आयोजनामा गुरुकुल स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

क्लबका नवनिर्वाचित सचिव प्रकाशचन्द्र अधिकारीले प्रेस क्लब गण्डकीलाई साझा संस्थाका रूपमा अघि बढाउने बताए । उनले पत्रकारिताको विकास र पत्रकारको पेशागत हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22465, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   5   =