माओत्से गुरुङको ‘पेन्सन पट्टा’ लाई सबैले हेर्न मिल्ने

माओत्से गुरुङको ‘पेन्सन पट्टा’ लाई सबैले हेर्न मिल्ने

लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ

काठमाडौँ । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणीकरण पाएको छ । प्रमाणीकरणसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मको रनटाइम २ घण्टा ८ मिनेट छ ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ । बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिने लाहुरे जीवनभित्रका पारिवारिक उतारचढाव र भावनात्मक संघर्षलाई फिल्मले उजागर गर्ने प्रयास गरेको छ ।

पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढ्छ । वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सनपट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिएका छन् ।

अभिनेता दयाहाङ राईले फिल्मलाई नेपाली समाजसँग नजिकबाट जोडिएको कथा बताएका छन् । उनका अनुसार ३०–४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को विशेष महत्व थियो । भूतपूर्व गोर्खालीको योगदानसँग जोडिएको पेन्सनले परिवारमा पार्ने प्रभाव फिल्मको महत्वपूर्ण पक्ष भए पनि कथा पेन्सनमा मात्र सीमित छैन । प्रेम, भावना र पारिवारिक सम्बन्धका विभिन्न तह पनि फिल्ममा प्रस्तुत गरिएको उनको भनाइ छ ।

निर्देशक गुरुङले १२–१५ वर्षदेखि फिल्म निर्माणको सोच बोकेको बताएका छन् । उनका अनुसार गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र सम्बन्धको उतारचढावलाई कथामा समेटिएको छ । धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको उनले बताएका छन् ।

फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय छ । फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।

यो पनि पढ्नुहोस् :  बाढीपीडितको सहयोगमा जुटिन् ‘अक्षरा’ अभिनेत्री न्यान्सी खड्का

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् । सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् । संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन् । निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । फिल्ममा सुरज तामु र केर डी कोइन्च लिनुच सह–लेखक, राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   7   =