बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

धादिङबेँसी, २१ भदौ : नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित धादिङ सहित विभिन्न शाखामा आबद्ध सदस्यलाई क्षतिको अवस्थाका आधारमा प्रतिपरिवार पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म नगद राहत उपलब्ध गराउन थालेको छ । संस्थाले धादिङ,नुवाकोट र रसुवाका प्रभावित सदस्यका लागि करिब रु ५० लाख राहत वितरण गर्ने जनाएको छ ।
संस्थाका अनुसार धादिङको गोगनपानी, धार्के, परेवाटार, मझिमटार, ललितपुरको भट्टेडाँडा, सिन्धुपाल्चोकको खाडीचौर र काठमाण्डौको जाल्पालगायत शाखामा आबद्ध बाढी प्रभावित सदस्य राहत कार्यक्रममा समेटिएका छन् । प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव नेतृत्वको टोली प्रभावित क्षेत्रमै पुगेर सदस्यको घर, खेतीयोग्य जमिन तथा पारिवारिक क्षतिको अवस्था बुझ्दै नगद सहायता वितरण गरिरहेको छ ।
संस्थाले घरमा क्षति पुग्नुका साथै सदस्य हराइरहेका परिवारलाई रु ३० हजार, परिवारका सदस्य हराइरहेका परिवारलाई रु २५ हजार, घरमा क्षति पुगेकालाई रु २० हजार र अन्य बाढी प्रभावित सदस्यलाई रु पाँच हजार उपलब्ध गराउने मापदण्ड बनाएको छ । तत्काल आवश्यक सामग्री प्रभावित परिवारले आफ्नै प्राथमिकताअनुसार खरिद गर्न सकून् भन्ने उद्देश्यले वस्तुगत राहतको सट्टा नगद सहायता दिइएको संस्थाले जनाएको छ ।
राहत वितरण स्थानीय तह तथा वडा कार्यालयसँगको समन्वय र जनप्रतिनिधिको उपस्थितिमा भइरहेको छ । यसअघि संस्थाले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःउत्थानका लागि सरकारलाई रु ७० लाख सहयोग गरिसकेको केन्द्रिय कार्यालयबाट मदन रिजालले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २१, आईतवार २०:४५कोरला नाकामा भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार १७:२३‘जदौ’ को रोमान्टिक ‘तिमीसँग नबोली’मा मा नीति र प्रभात पाल
समाचार२०८३ भाद्र २१, आईतवार १४:२८बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार ११:११‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड








