एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै

काठमाडौं, भदौ २५ । एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले आज ओमानविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७:१५ बजे सुरु हुनेछ ।
समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।
समूह चरणको नतिजा नेपालका लागि सन्तोषजनक रह्यो । यद्यपि ब्याटिङमा भने नेपालले अपेक्षित सुधार देखाउन सकेन । त्यसैले नेपालका लागि ओमानसँगको खेलमा ब्याटिङ मुख्य चुनौतीका रूपमा रहने क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउँछन् ।
“नेपालले समूह चरणमा आशा गरेअनुसार ब्याटिङ गर्न सकेको थिएन । टोलीले त्यसमा सुधार गर्दै सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्नुपर्छ”, उनले भने ।
नेपाल र ओमानबीचको विगत
हालसम्म नेपाल र ओमानबीच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० खेलमा भेट भएको छ । जसमा नेपालले चार खेल र ओमानले ६ खेलमा जित निकालेको विगत छ ।
पछिल्लो पटक नेपालले ओमानविरुद्ध गत मे महिनामा ओमानविरुद्ध खेलेको थियो । उक्त आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले ओमानविरुद्ध ८१ रनको सानदार जित निकालेको थियो । नेपाल आज पनि सोही लय दोहोर्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २५, बिहीबार २०:२६उत्तम निर्देशित वेब सिरिज ‘मायादेवी’ प्रसारणमा » Celebrity Nepal
समाचार२०८३ भाद्र २५, बिहीबार १०:२६घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २५, बिहीबार ०८:२२‘डिएनए’ परीक्षण तीव्र « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र २५, बिहीबार ०७:४१एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै








