होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग

पोखरा । होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ३५ हजार ८ सय ३३ रुपैयाँ सहयोग गरेको छ।
संघका तर्फबाट २ लाख रुपैयाँ, बाराही हस्पिटालिटीका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ तथा अन्य होटलबाट प्राप्त सहयोगसहितको रकमको भौचर संघले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो।
सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको १० लाख रुपैयाँ सहयोगबारे समेत जानकारी गराइएको थियो।
संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेको टोलीले विपद् प्रभावितका लागि गरिएको सहयोगबारे जानकारी गराएको हो। संघअन्तर्गतका होटलहरूले यसअघि स्वस्फूर्त रूपमा गरेको सहयोगसमेत जोड्दा हालसम्मको सहयोग रकम ४० लाख रुपैयाँभन्दा बढी पुगेको अध्यक्ष सुवेदीले जानकारी दिए।
सहयोग आउने क्रम जारी रहेको बताउँदै उनले आगामी दिनमा पनि विपद् प्रभावितको सहयोगका लागि योगदानलाई निरन्तरता दिने बताए।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङले विपद्मा परेकाहरूको राहत तथा पुनःस्थापनाका लागि होटल संघलगायत विभिन्न होटल तथा संस्थाले गरेको सहयोगको प्रशंसा गरे। “तपाईंहरूले मन फुकाएर सहयोग गर्नुभएको छ, यो प्रशंसनीय छ,” उनले भने।
सरकारका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल ११ अर्ब ९८ करोड ९७ लाख रुपैयाँ मौज्दात रहेको छ
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22573, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन
समाचार२०८३ आश्विन ६, मंगलवार १५:५१निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड








