रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत निर्वाचित भएका छन्।

शनिबार सम्पन्न ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनले गौतमको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको निर्वाचन अधिकृत चौबहादुर गुरुङले जानकारी दिए ।

समितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा चयन भएका छन्। सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिलबहादुर भट्टराई, राजबहादुर भुजेल र वसन्त न्यौपाने चयन भएका छन्।

पर्यटन तथा आतिथ्य क्षेत्रमा करिब चार दशकको अनुभव भएका गौतम टेम्पल ट्री रिसोर्ट एण्ड स्पाका अध्यक्षसमेत हुन्। उनले पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन्।

अधिवेशन उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल संरक्षणमा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए। पर्यटन विकाससँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पर्यटकको सुरक्षा सुनिश्चित गर्न प्रशासन प्रतिबद्ध रहेको बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरिबहादुर भुजेलले कृष्णभिर पहिरोका कारण पोखराको पर्यटन क्षेत्रमा असर परेको बताए।

यसै अवसरमा अधिकारकर्मी तथा वातावरण संरक्षणकर्मी रामबहादुर पौडेल र पत्रकार जमुना शर्मा ‘वर्षा’ सम्मानित भएका छन्। उनीहरूलाई मेयर आचार्यसहित रेवानका पूर्व अध्यक्षहरूले सम्मान गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22580, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   9   =