उपाधिसहित स्वदेश फर्किँदै नेपाली टोली

काठमाडौं, भदौ २८ । एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदै छ। टोली मलेसियन एअरलाइन्सबाट आज राति ९ः४५ बजे काठमाडौं आइपुग्नेछ।
नेपालले शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै नेपालले दोस्रोपल्ट एसिया कपमा स्थान सुरक्षित गरेको छ।
नेपालले यसअघि सन् २०२३ मा पहिलोपल्ट एसिया कप खेलेको थियो। त्यतिबेला नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरे पनि दुवै खेलमा पराजित भएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र २८, आईतवार १०:०८उपाधिसहित स्वदेश फर्किँदै नेपाली टोली
समाचार२०८३ भाद्र २८, आईतवार ०५:५७आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
समाचार२०८३ भाद्र २७, शनिबार १९:३१रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत
समाचार२०८३ भाद्र २७, शनिबार १४:०४बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित









