दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा

काठमाडौँ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ । यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
मन्त्रालयले प्रतियोगितालाई भव्य, सभ्य, व्यवस्थित र सफल बनाउन प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई योजनाबद्ध रूपमा तयारी तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ ।
खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित तथा अनुशासित खेलाडी र सिर्जनशील नागरिक तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने मन्त्रालयले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २१:०२उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २०:५४असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री
समाचार२०८३ आश्विन १८, आईतवार २०:४८सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान









