एलिफेन्ट्स इन द फग’ छनोट » Celebrity Nepal

एलिफेन्ट्स इन द फग’ छनोट » Celebrity Nepal


काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गर्दै नेपालबाट सिफारिस गरेको हो ।

९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) मा यस वर्ष दुई नेपाली कथानक चलचित्रहरू ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ले आवेदन दिएका थिए । प्राप्त भएका दुईमध्ये ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको हो ।

“प्राप्त दुवै चलचित्रहरूको मूल्यांकन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्च स्तरीय एवं उत्कृष्ट एक चलचित्र सिफारिस गर्नुपर्ने भएकोले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् उक्त अवार्डमा नेपालको तर्फबाट प्रतियोगीका रूपमा चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गरिएको छ,” समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

निर्देशक अविनास विक्रम शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   7   =