लागूऔषध खैरो हेरोइनसहित पोखराबाट एक जना पक्राउ

पोखरा ।
कास्की प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२६, बुढीबजारस्थित लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–२, जामुने बस्ने ३० वर्षीय पदम थापा रहेका छन्। उनलाई खानतलासी गर्दा साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १.६४ ग्राम (प्लास्टिक बाहेक) बरामद भएको प्रहरीले जनाएको छ।
थापालाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22617, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार ०४:५५लागूऔषध खैरो हेरोइनसहित पोखराबाट एक जना पक्राउ
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा








