बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग

काठमाडौँ-भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिनेछ । सो अवसरमा गुरु रिम्पोछेको पुस्तक ‘जोए अफ लाइफ’ पनि शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियार पनि सहभागी हुनुहुन्थ्यो ।गुरु रिम्पोछेका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal








