कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै

कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै

धादिङबेशी १,असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा हुने विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको बैठकले केन्द्रीय निर्वाचन प्रतिनिधि विश्वास आचार्यसँगको परामर्शमा जिल्लाभित्र हुने वडा, स्थानीय तह तथा क्षेत्रीय अधिवेशनको मिति निर्धारण गरेको हो।

सार्वजनिक कार्यतालिका अनुसार जिल्लाका १०४ वटै वडामा यही असोज ५ गते वडा अधिवेशन हुनेछ। गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गतेका लागि तय गरिएको छ। त्यसैगरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते सम्पन्न गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले जनाएको छ।

जिल्ला कार्यसमितिको निर्णयअनुसार सम्बन्धित तहका अधिवेशन निर्धारित मितिमै सम्पन्न गरिने बताइएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =