पोखरामा जिडब्ल्युएमको इन्ट्री, ‘ओरा ५’ र ‘जोलियन म्याक्स’ सार्वजनिक

पोखरा । ग्रेट वाल मोटर (जिडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको उत्तम चोकमा नयाँ डिलरसिप सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमसँगै कम्पनीले जिडब्ल्युएमका दुई विद्युतीय मोडल ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स इभी’ सार्वजनिक गरेको छ।
विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै कम्पनीले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति विस्तार गरेको हो। नयाँ शोरुमबाट ग्राहकले गाडी बिक्री, मर्मतसम्भार र स्पेयर पार्ट्ससहितको थ्रीएस सुविधा एउटै छानामुनि पाउनेछन्।
सार्वजनिक गरिएको ‘ओरा ५’ मा ५८.३ किलोवाट आवरको ब्याट्री र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। पूर्ण चार्जमा यसले ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीको छ।
त्यस्तै, १५० किलोवाट क्षमताको मोटर भएको ‘हाभल जोलियन म्याक्स इभी’ मा पनि ५८.३ किलोवाट आवरको ब्याट्री रहेको छ।
यसले ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ। गाडीमा प्यानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) तथा भेहिकल–टु–लोड (भीटुएल) प्रविधि उपलब्ध छन्।
कम्पनीका अनुसार नेपाली बजारमा हाभल जोलियन म्याक्स इभीको मूल्य ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। ‘ओरा ५ सेमी’को मूल्य ४८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र ‘ओरा ५’को ५३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ।
शोरुम उद्घाटन कार्यक्रममा रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले ग्राहकलाई गुणस्तरीय गाडीका साथै बिक्रीपछिको भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए।
उनले जिडब्ल्युएमजस्तो अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड पोखरामा भित्र्याउन पाउँदा खुसी लागेको बताए। ‘हाम्रो उद्देश्य उत्कृष्ट गाडी बिक्री गर्नु मात्रै होइन, बिक्रीपछिको सेवालाई पनि भरपर्दो बनाउनु हो,’ उनले भने।
कम्पनीका सेल्स एन्ड अपरेसन महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पोखराको बजार जिडब्ल्युएमका लागि महत्वपूर्ण रहेको बताए। उनले भविष्यमा थप प्रिमियम उत्पादनहरू पोखरा भित्र्याउने आधार नयाँ शोरुमले तयार गर्ने बताए।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले विभिन्न समस्याका कारण प्रभावित अर्थतन्त्र विस्तारै चलायमान बन्दै गएको बताउँदै नयाँ व्यवसायका लागि शुभकामना दिइन्। पोखरामा उच्च गुणस्तरका विद्युतीय गाडीको शोरुम सञ्चालनमा आउनु र उपभोक्ताको आकर्षण बढ्नु सकारात्मक पक्ष भएको उनको भनाइ थियो।
कार्यक्रममा अटोवेजका सञ्चालक नारायणप्रसाद पौडेल, चालिसे ग्रुपका संस्थापक शिवप्रसाद चालिसे, पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालासहित बैंक तथा वित्तीय संस्था प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मीको उपस्थिति थियो।
सोही अवसरमा अनिलमणि भण्डारीलाई ‘ओरा ५’ गाडीको चाबी हस्तान्तरण गरिएको थियो। उत्तम चोकस्थित नयाँ शोरुमबाट दुवै मोडलको टेस्ट ड्राइभ र बुकिङसमेत खुला गरिएको कम्पनीले जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22622, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार २३:१५पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
समाचार२०८३ आश्विन १, बिहीबार २३:०१पोखरामा जिडब्ल्युएमको इन्ट्री, ‘ओरा ५’ र ‘जोलियन म्याक्स’ सार्वजनिक
समाचार२०८३ आश्विन १, बिहीबार ०४:५५लागूऔषध खैरो हेरोइनसहित पोखराबाट एक जना पक्राउ
समाचार२०८३ आश्विन १, बिहीबार ०४:३८पोखरा आउँदै Changan NEVO Q05, चार दिन टेस्ट ड्राइभ







