देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल

धादिङ, १० असोज ।
धादिङको बुढाथुममा सामान्य आर्थिक अवस्थाबाट जीवनको यात्रा सुरु गर्नुभएका लोकप्रसाद दाहाल अहिले बेल्जियममा सफल व्यवसायीका रूपमा स्थापित हुनुहन्छ। व्यवसायमा सफलता हासिल गरे पनि उहाँको परिचय त्यतिमै सीमित छैन। देशमा विपत्ति पर्दा परदेशको व्यस्तता छाडेर स्वदेश फर्किने र प्रभावित नागरिकको दुःखमा प्रत्यक्ष सहभागी हुने सामाजिक अभियन्ताका रूपमा पनि दाहालको पहिचान बनेको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्षसमेत रहेका दाहाल भदौ १० गते आएको विनाशकारी बाढीपहिरोपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न र राहत तथा सहयोगमा सहभागी हुन नेपाल आउनुभएको छ।

बेल्जियममा व्यवसाय सञ्चालन गरिरहेका उहाँ विपत्तिमा परेका नागरिकलाई टाढाबाट सहयोग पठाएर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्दैनन्। संकटका बेला प्रभावित क्षेत्रमा पुगेर नागरिकको पीडा सुन्ने र सकेको सहयोग गर्ने उहाँको शैली छ।भदौ १० गतेको बाढीपहिरोले धादिङ,रसुवा नुवाकोट सहित विभिन्न जिल्लामा ठूलो क्षति पु¥याएको थियो। बाढीपहिरोका कारण घर, सडक, पुललगायत भौतिक संरचनामा क्षति पुग्नुका साथै धेरै परिवार विस्थापित भएका छन्। यही कठिन परिस्थितिमा दाहाल प्रभावित क्षेत्रमै पुगेर राहत वितरण तथा सहयोगमा सक्रिय भएका छन्।

विपत्तिमा सधैँ अगाडि
दाहालको सामाजिक सक्रियता यसपटकको बाढीपहिरोबाट मात्र सुरु भएको होइन। कोरोना महामारीका बेला पनि उहाँले नेपालसहित अफ्रिका र युरोपका विभिन्न देशमा सामाजिक सेवाका अभियान सञ्चालन गर्नुभएको थियो। कोरोना प्रभावित नागरिकका लागि करोडौँ रुपैयाँ बराबरको सहयोग जुटाउन उहाँले भुमिका खेल्नुभएको थियो ।त्यसैगरी, २०७२ सालको भूकम्पका बेला पनि दाहाल राहत तथा स्वास्थ्य सेवामा सक्रिय हुनुभएको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा विदेशबाट चिकित्सक ल्याएर स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य सामग्री सहयोग गर्ने तथा राहत वितरणमा सहभागी हुने काममा हउाँले भूमिका निर्वाह गर्नुभएको थियो ।उहाँका लागि मानवीय सेवा देशको सीमाभन्दा परको विषय बनेको छ। संकटमा परेका नागरिकलाई सहयोग गर्ने क्रममा उहाँले नेपालसँगै युरोप र अफ्रिकाका विभिन्न क्षेत्रमा समेत सामाजिक अभियानमा सहभागिता जनाउँदै आउनुभएको छ

जन्मभूमिप्रतिको सम्बन्ध
धादिङको बुढाथुममा जन्मिएका दाहालको जन्मभूमिप्रतिको सम्बन्ध पनि निरन्तर देखिँदै आएको छ। जिल्लाका विभिन्न स्थानमा विद्यालय भवन निर्माण, खानेपानी तथा अन्य सामाजिक क्षेत्रमा उनले सहयोग गर्दै आउनुभएको छ ।बेल्जियममा व्यवसाय गरेर आर्थिक सफलता हासिल गरेका दाहालले आफ्नो सफलताको एउटा हिस्सा जन्मभूमि र देशका नागरिकका लागि खर्च गर्दै आउनुभएको छ ।

उहाँको सामाजिक यात्राले विदेशमा बसेर पनि आफ्नो जन्मभूमि र देशका नागरिकसँगको सम्बन्धलाई निरन्तरता दिन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।व्यवसायमा सफलता हासिल गर्नुका साथै आफूले कमाएको, सिकेको र प्राप्त गरेको अवसरको केही हिस्सा समाजका लागि उपयोग गर्नु पनि सफलताको महत्वपूर्ण पक्ष हुन सक्ने दाहालको सामाजिक सक्रियताले देखाएको छ।देशमा विपत्ति आउँदा परदेशमै बसेर खबर सुन्नुभन्दा प्रभावित नागरिकको बीचमा पुगेर उनीहरूको दुःख बुझ्ने र सकेको सहयोग गर्ने उहाँको निरन्तर प्रयासले विदेशमा रहेका नेपालीको सामाजिक उत्तरदायित्वको एउटा उदाहरणसमेत प्रस्तुत गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्








