नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो ।
आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ । आज दुई सय दस कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ ।
सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई दशमलव ८७ र विकास बैंक समूहको उपसूचक दुई दशमलव ७४ प्रतिशतले बढेको छ । आजको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ६२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको रू चार करोड ४६ लाख चार हजार नौ सय ३५ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेड प्रमोटर शेयर तीन लाख दस हजार पाँच सय १५ कित्ता खरिद–बिक्री भएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल









