अवार्डसँगै ‘आमा’ गीत विमोचन, यमन ग्लोबल म्युजिक अवार्ड सम्पन्न

अवार्डसँगै ‘आमा’ गीत विमोचन, यमन ग्लोबल म्युजिक अवार्ड सम्पन्न

काठमाडौं । यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरटेन्टमेन्टको आयोजनामा गत असोज १० गते शनिबार काठमाडौंको नयाँ बानेश्वर–शंखमुलस्थित आईएनआई सिनेमा हलमा अवार्ड समारोह आयोजना गरिएको हो।

दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको कार्यक्रममा पारिजात बरालको अध्यक्षता रहेको थियो। समारोहमा सम्बाहाम्फे प्रोपर्टी डेभ्लोपर्सका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको थियो। सिक्किम निवासी सुष्मा गुरुङ, पाँचथरका धीरेन्द्र सम्बाहाम्फे, तारा लिम्बू, विपिन सम्बाहाम्फे, रकेट सम्बाहाम्फे, सुष्मा सम्बाहाम्फेलगायतको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमका संयोजक गायक, संगीतकार तथा निर्देशक तारावीर पाण्डे रहेका थिए भने कार्यक्रम प्रस्तोताका रूपमा सुशील नेपालले भूमिका निर्वाह गरेका थिए। समारोहमा संगीत तथा कला क्षेत्रका विभिन्न विधामा गरी ५० वटा विधामा अवार्ड वितरण गरिएको थियो। पल शाह, शिव परियार, अर्जुन पोखरेल, प्रकाश सपूत, प्रताप दास, सिम्रन परियार, सारिका घिमिरे, बबिना भट्टराई, प्रकाश खरेल, प्रशान्त शिवाकोटी, बबिना किराँती, रचना रिमाल, सडज सम्बाहाम्फे, सुन्दर राईलगायत कलाकारहरू अवार्डबाट सम्मानित भएका थिए।

समारोहमा दीर्घ साधना सम्मानबाट तारा थापा र महाकाव्य सम्मानबाट खेमनाथ दाहाललाई सम्मान गरिएको थियो। त्यस्तै, सिक्किमबाट आमन्त्रित साहित्यकार रिकि लेप्चा, फुर्बा खान्डु गुरुङ, गायिका मिलन नेवार, राजनराज शिवाकोटी, अम्बिका गुरुङ, शीतल कादम्बिनी गुरुङलगायत कलाकार तथा साहित्यकारलाई कला तथा साहित्य सम्मान प्रदान गरिएको थियो।

अवार्ड समारोहमा सुन्दर राई, राजु आङ्देम्बे र पवित्रा आचार्यले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको मुख्य प्रायोजक सम्बाहाम्फे प्रोपर्टी डेभ्लोपर्स प्रालि तथा सह–प्रायोजक मोन्टेसरी एसोसिएसन नेपाल रहेको थियो।

अवार्ड वितरणसँगै सिक्किम निवासी छबिन गुरुङको शब्द, स्वर तथा संगीतमा तयार भएको ‘आमा’ बोलको गीतसमेत विमोचन गरिएको थियो। तारावीर पाण्डेको निर्देशनमा बनेको गीतमा कविता आले, छबिन गुरुङ, प्रेमचन्द्र गुरुङ, पवित्रा आचार्य, बाल कलाकार एलेक्स खड्का र संयम कटुवालले अभिनय गरेका छन्। गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका छन्।

यो पनि पढ्नुहोस् :  कलाकारितामा चम्किँदै हुम्लाकी आरती बुढा » Celebrity Nepal

यमन इन्टरटेन्टमेन्टको आयोजनामा सम्पन्न पहिलो संस्करणको अवार्ड समारोहले नेपाली तथा सिक्किमेली कलाकार, संगीतकर्मी र साहित्यकारलाई एउटै मञ्चमा जोड्दै कला तथा संगीत क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   10   =