पारिवारिक पीडाको कथा बोकेको गीत ‘बाबा’ सार्वजनिक

पारिवारिक पीडाको कथा बोकेको गीत ‘बाबा’ सार्वजनिक


काठमाडौं । निश्चल अधिकारीको स्वर रहेको नयाँ गीत ‘बाबा’ भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा विदेश गएको बाबा बाकसमा फर्किएपछिको पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

भिडियोको निर्माता हेमा शर्मा हुन्। गीतको कथा तथा निर्देशन शशी विक्रम थापाले गरेका छन्। सहायक निर्देशन दिपेश दाहालको रहेको छ।

कुमार शिवाकोटीको शब्द रहेको गीतमा लेखु सहयात्रीले संगीत भरेका छन्। गीतको एरेन्ज, मिक्स तथा मास्टरिङ विशम आचार्यले गरेका हुन्।

गीतको भिडियोमा कलाकारहरू सुशील पोखरेल, कमलमणि नेपाल, भोला पौडेल, तुलसी खड्का र आरोश भुसालको अभिनय रहेको छ। भिडियोको छायांकन नवराज उप्रेती र सुनिल भण्डारीले गरेका छन्। मनोज कार्कीले सम्पादन, कलर तथा भीएफएक्सको जिम्मेवारी सम्हालेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   9   =