इशा परियारको आकर्षक नृत्यमा ‘आइटम बम’ सार्वजनिक » Celebrity Nepal

इशा परियारको आकर्षक नृत्यमा ‘आइटम बम’ सार्वजनिक » Celebrity Nepal


काठमाडौँ । मोडेल तथा अभिनेत्री इशा परियारको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो ‘आइटम बम’ सार्वजनिक भएको छ। गायिका खुश्बू जैनको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सन्तोष राज सहानीको शब्द तथा संगीत रहेको गीतको गायन तथा प्राविधिक काम मुम्बईस्थित चर्चित ‘लता मंगेशकर स्टुडियो’मा गरिएको हो। डिजे भरालीको रेकर्डिङ रहेको गीतलाई उत्पल दासले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

विशाल काइनीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा रवि लामाले कोरियोग्राफीमा सहकार्य गरेका छन्। भिडियोको छायांकन तथा कलर ग्रेडिङ पवन सुस्लिङले गरेका हुन् भने प्रवेश खत्री सह-छायाकारका रूपमा रहेका छन्।

भिडियोमा इशा परियारको आकर्षक नृत्यसँगै उनको भेषभूषालाई विशेष रूपमा प्रस्तुत गरिएको छ। भिडियोका लागि भेषभूषा ‘भ्यालेन्टिनो द बुटिक’ र सारिका केसीले तयार पारेका हुन्।

विजय चौधरीको सेट डिजाइन तथा माधव राउतको निर्माण व्यवस्थापनमा तयार भएको भिडियोमा मेकअप तथा हेयर सुबाश तिमल्सिनाले गरेका छन्। राजाराम सिम्खडा ग्रुप लिडर रहेको भिडियोको छायांकनमा मुम्बईस्थित ‘मुम्ताज महल इन्डियन फ्यामिली रेस्टुरेन्ट’ले समेत विशेष सहयोग गरेको निर्माण पक्षले जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   5   =