उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न

उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न

फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो


सेलिब्रेटी नेपाल। एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भइरहेको फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ । हरर जनराको यो फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो । फिल्मलाई ३ रात काठमाडौंमा पनि खिचिएको छ । यो फिल्ममा नायिका उपासना सिंह ठकुरी र नायक कुन्दनमान शाक्यको मुख्य भूमिका छ । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।

फिल्ममा वशिष्ट प्रधानको डीओपी छ । फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्मलाई ओविद उद्दिनले निर्देशन गरेका हुन् । ओविदले भने–‘हामीले निकै मिहिनेतका साथ काम गर्यौं । फिल्मको सम्पूर्ण टिमले निकै मिहिनेत गरेका कारण समयमै छायांकन सकिएको हो ।’ आफूलाई पहिलेबाट नै हरर फिल्म मनपर्ने भएकाले यसतर्फ आकर्षित भएको ओविदको भनाई छ । फिल्ममा महेश बरालको मुख्य सहायक निर्देशन छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   5   =