अन्तर्राष्ट्रिय फुटबलबाट मेसीकाे सुखद बिदाइ

काठमाडौं । अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्दै कप्तान लियोनल मेसीकाे अन्तर्राष्ट्रिय फुटबलबाट सुखद बिदाइ गरेको छ।
बुधबार ब्युनस आयर्सस्थित मास मोनुमेन्टलमा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डी, निको पाज र मेसीले एक–एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अर्जेन्टिनाले लगातार तीन गोल गरेको हो।
खेलको ४८औँ मिनेटमा ओटामेन्डीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ६१औँ मिनेटमा पाजले गोल थपेपछि अर्जेन्टिना २–० ले अघि बढ्यो। त्यसको १० मिनेटपछि मेसीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे। योसँगै मेसीको अन्तर्राष्ट्रिय गोल संख्या १२६ पुगेको छ।
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका मेसीलाई सम्मान गर्न अर्जेन्टिना फुटबल संघले यो विशेष बिदाइ खेल आयोजना गरेको थियो। ‘लास्ट ट्याङ्गो’ नाम दिइएको उक्त खेल मेसीको २०८औँ अन्तर्राष्ट्रिय खेल हो।
मेसीको बिदाइलाई विशेष बनाउन एडिडासले उनको ब्रान्ड लोगो अंकित विशेष जर्सीसमेत तयार पारेको थियो। खेलपछि म्याच रेफ्रीले मेसीलाई रातो र पहेंलो कार्ड हस्तान्तरण गर्दै सम्मान गरे भने रंगशालाको स्क्रिनमा उनको फुटबल यात्राका महत्वपूर्ण क्षण समेटिएको भिडियो प्रदर्शन गरिएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २१, बुधबार १६:२३नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
खेलकुद२०८३ आश्विन २१, बुधबार ०९:५८अन्तर्राष्ट्रिय फुटबलबाट मेसीकाे सुखद बिदाइ
समाचार२०८३ आश्विन २१, बुधबार ०८:३१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २०, मंगलवार २१:०८‘पाँच पाण्डव’को पोस्टरमा इभा गिरीको द्रोपदी लुक्स









