पौडी संघका पदाधिकारी र प्रशिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौं, १६ असोज । नेपालको खेल क्षेत्रमा हुने गरेको यौन दुराचारका घटनाको फेहरिस्ताहरु धमाधम खुल्न थालेको छ । खेल क्षेत्रमा यौन दुराचार गरेर खेलाडी छनोटमा धाँधली हुने सम्मका घटनाहरुको प्रमाणहरु नेपाल हिटीलाई प्राप्त भइरहँदा पौडी खेलभित्रको यौन दुराचारको घटनाको खुलासा भएको छ । यो खुलासा गर्ने अरु कोही नभएर पौडीकी पूर्व राष्ट्रिय खेलाडी नै हुन् ।
पौडीकी पूर्व राष्ट्रिय खेलाडी सोफिया शाहले इन्स्टाग्राममा भिडियोमार्फत् आफूमाथि यौन दुराचार भएको खुलासा गरेकी छिन् । उनले नाम नखुलाएपनि ती दुराचारी पौडी संघकै पदाधिकारी भएको उल्लेख गरेकी छिन् ।
शाहले आफूमाथि जर्बजस्ती भएको र ती व्यक्ति पौडी संघकै तत्कालीन सदस्य भएको बताएकी छिन् । उनले भिडियोमा भनेकी छिन्, ‘ममाथि नेपाल पौडी संघको एकजना सदस्यले यौन र्दुव्यवहार गरे ।’ पौडी संघभित्र यसको खुलासा भए आफू र आफ्ना भाईको समेत पौडी करिअर समाप्त पारिदिने धम्की दिएको खुलासा गरिन् ।
सोफियाका भाई अलेक्जेन्डर शाह दुईपटक ओलम्पिक खेलिसकेका छन् । शाहलाई समेत खेल्नबाट रोक्ने धम्की दिएर सोफियाको मुख बन्द गरिएको उनले नै भिडियोमा भनेकी छिन् ।
आफूले न्यायको माग गर्दा प्रतिष्पर्धा खेल्न नै प्रतिबन्ध लगाएको खुलासा गरिन् । उनले भनिन्, ‘मलाई नेपाली पौडी टोलीको सदस्य बन्न पाउँदिन भनियो । मेरो नेपाली पहिचानमा प्रश्न उठाउने हर्कत गरियो र म देश छाड्न वाध्य भएँ ।’
सोफियाले रुँदै भिडियोमा भनेकी छिन्, मेरो ओलम्पियन बन्ने सपना चकनाचुर पारियो । यदि मैंले आवाज नउठाएको भए र न्यायको माग नगरेको भए म आज ओलम्पियन हुनेथिएँ होला । प्रशिक्षक र कतिपय पौडीवाजका अभिभावक समेत खेलाडीलाई र्दुव्यवहारमा लागेको गम्भीर आरोप लगाएकी छिन् । उनले ती दिनहरु सम्झँदा आङ नै सिरिङ्ग हुने भन्दै देश फर्कन मन नलाग्ने बताएकी छिन् ।
यो घटनाबारे बुझ्न नेपाल पौडी संघका तत्कालीन अध्यक्ष र हाल नेपाल ओलम्पिक कमिटीबाट मान्यताप्राप्त पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्यको मोबाइलको स्विच अफ छ ।
पौडी संघभित्र धेरै विवादहरु आइरहेको छ । पछिल्लो समय एशियाली खेलकूदमा खेलाडी लान धाँधली नै भएपछि अदालतमा मुद्दा दायर भएको छ । यो मुद्दामा अदालतले अन्तरिम आदेश नै जारी गर्दा समेत बेवास्ता गरी खेलाडी जापान लगिएपछि अदालतको अवहेलनामा मुद्दा दायर भई जवाफ मागिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन १६, शुक्रबार २०:०९पौडी संघका पदाधिकारी र प्रशिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप
समाचार२०८३ आश्विन १६, शुक्रबार १६:२०राष्ट्रपतिसँग सभामुखको भेट
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १६, शुक्रबार ११:४०वैद्यखाना विकास समितिकाे अध्यक्षमा थापा नियुक्त
समाचार२०८३ आश्विन १५, बिहीबार २१:५१बाँध भत्किएपछि जलेश्वर जलमग्न









