धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

धादिङ, २३ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदीमा सडक भासिएपछि उक्त सडक खण्डमा सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न राजमार्गमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ः१५ बजे सूचना जारी गर्दै सडकमा समस्या उत्पन्न भएकाले उक्त राजमार्ग भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको हो ।

गलौदी क्षेत्रमा करिब १०० मिटर सडक चर्किएको र त्यसमध्ये करिब २० मिटर भाग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकको किनारासम्मै चिरा परेकाले थप भासिने जोखिम छ । प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा क्षतिको मूल्याङ्कन गरेपछि मात्र सडक पुनः सञ्चालनको सम्भावनाबारे यकिन गर्न सकिने उहाँले बताउनुभयो ।

राजमार्ग अवरुद्ध भएसँगै काठमाडौँबाट बाहिरिने तथा राजधानी भित्रिने सवारीसाधन प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड भएर यात्रा नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

यस्तो छ, जिल्ला प्रशासन कार्यालय धादिबाट जारी सुचना

धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   6   =