बेनीघाट रोराङमा मङ्सिर १० देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

बेनीघाट रोराङमा मङ्सिर १० देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

धादिङ, १५ कात्तिक । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। आज सम्पन्न गाउँपालिकाका प्रधानाध्यापकहरूको बैठकले विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा तीनदिने प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि कात्तिक १५ देखि १७ गतेसम्म हर्कपुर माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम तय गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद्को निर्णयका कारण यसअघिको कार्यक्रम स्थगित भएको थियो।

बैठकले मङ्सिर १३ गते हर्कपुर माध्यमिक विद्यालयमा शैक्षिक उपलब्धि हासिल गर्ने शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ।

गाउँपालिकाका अनुसार ९० प्रतिशतभन्दा बढी शैक्षिक उपलब्धि हासिल गराउन सफल विषयगत शिक्षक तथा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको हो।

सोही अवसरमा स्व.इन्द्रबहादुर थपलिया स्मृति शैक्षिक पुरस्कारसमेत वितरण गरिने भएको छ। यस वर्ष प्रारम्भिक बालविकास, आधारभूत तह र माध्यमिक तहबाट एक–एक जना गरी तीन जनालाई पुरस्कार प्रदान गर्ने तयारी गरिएको छ। पुरस्कारका लागि रु २० हजार नगद राशिको व्यवस्था गरिएको छ।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया, उपाध्यक्ष टापबहादुर श्रेष्ठ, गाउँ शिक्षा अधिकारी सन्तोष पौडेल, स्रोतव्यक्ति रामेश्वर पोखरेल, पालिका खेलकुद संयोजक देवराज घलानलगायत विभिन्न विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा बैठक सम्पन्न भएको थियो।

गाउँपालिकाले विद्यालयस्तरमा खेलकुद गतिविधि सञ्चालन गरी विद्यार्थीको प्रतिभा पहिचान र खेलकुद विकासलाई प्रोत्साहन गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ। यसअघि सम्पन्न सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हर्कपुर माध्यमिक विद्यालयले जितेको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   5   =