क्यान्सरलाई जितेकी अभिनेत्री क्षितिजा शाक्य सचेतना अभियानमा सक्रिय

क्यान्सरलाई जितेकी अभिनेत्री क्षितिजा शाक्य सचेतना अभियानमा सक्रिय

सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रमा अभिनयमार्फत पहिचान बनाएकी अभिनेत्री क्षितिजा शाक्य क्यान्सरलाई जितेपछि अहिले क्यान्सर सचेतना अभियानमा सक्रिय भएकी छन्। ‘घामछायाँ’, ‘नातेदार’ र ‘फोर्स’ लगायतका चलचित्रमा अभिनय गरेकी शाक्यले आफ्नै जीवन अनुभवलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम बनाएकी हुन्।

क्यान्सरबारे सही जानकारी फैलाउने, समयमै परीक्षण गर्न प्रेरित गर्ने तथा उपचाररत बिरामीलाई हौसला प्रदान गर्ने उद्देश्यले उनले ‘Know Cancer! No Cancer!! – PINK PROMISE: आशाको आवाज’ नामक सचेतनामूलक कार्यक्रम आयोजना गरेकी छन्।

पिंक अक्टोबरको अवसरमा ‘हेल्पिङ हार्ट विथ टिजा’ (Helping Heart with Tiza) को आयोजनामा तथा काठमाडौं महानगरपालिका वडा नं. २२ को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्ष चिनी काजी महर्जनको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा क्यान्सर उपचार गराइरहेका बिरामी, क्यान्सरलाई जितेका व्यक्तित्व, चिकित्सक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा चिकित्सकहरू हरिहर वस्ती, कपेन्द्र शेखर अमात्य, बिजेश राज घिमिरे र राजेन्द्रप्रसाद बरालले क्यान्सर फाइटर, क्यान्सर सर्भाइभर तथा सर्वसाधारणलाई क्यान्सरका लक्षण, समयमै परीक्षण, उपचार प्रक्रिया र यससम्बन्धी भ्रमबारे जानकारी दिएका थिए।

विशेषज्ञसँगको अन्तरक्रिया र सहभागीका जिज्ञासामार्फत क्यान्सरविरुद्धको लडाइँमा सचेतना, साहस र सकारात्मक सोचको महत्त्वबारे चर्चा गरिएको थियो।

आफैं क्यान्सरको कठिन अवस्थालाई पार गरेर नयाँ जीवन सुरु गरेकी अभिनेत्री शाक्यको यो अभियानले क्यान्सरलाई जित्न सकिन्छ भन्ने आशा जगाउनुका साथै समयमै पहिचान र उचित उपचारको महत्त्वबारे जनचेतना फैलाउने विश्वास गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  हेमन्त र मेलिनाको स्वरमा ‘दिन दुई गुणा’ सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   8   =