लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव मंसिर ५ गते, १२ सय जनाको सहभागिता रहने

पोखरा । सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासमा पाँच दशकदेखि योगदान पुर्याउँदै आएको लायन्स क्लब अफ पोखराले स्थापनाको ५०औँ वर्ष प्रवेशको अवसरमा आगामी मंसिर ५ गते स्वर्ण महोत्सव समारोह आयोजना गर्ने भएको छ।
पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने समारोहमा करिब १ हजार २०० जनाको सहभागिता रहने आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
स्वर्ण महोत्सव मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले समारोहलाई भव्य र ऐतिहासिक बनाउन तयारी तीव्र पारिएको बताए। उनले पाँच दशकको यात्रामा क्लबले शिक्षा, स्वास्थ्य, मानवीय सहायता, सामाजिक सचेतना तथा सामुदायिक विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै स्वर्ण महोत्सव संस्थाको सेवायात्रा र सामाजिक योगदानको समीक्षा गर्ने अवसर भएको बताए।
क्लबका अध्यक्ष डा. माधव तिवारीले स्वर्ण महोत्सवका अवसरमा संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा समाजमा विशिष्ट योगदान पुर्याउने अग्रजहरूलाई सम्मान गरिने जानकारी दिए। साथै क्लबका विगत ५० वर्षका सामाजिक गतिविधि, उपलब्धि र ऐतिहासिक अभिलेख समेटिएको स्वर्ण महोत्सव स्मारिका विमोचन गरिने उनले बताए।
समारोहमा लायन्स नेतृत्व, संस्थापक सदस्य, पूर्वअध्यक्ष, वरिष्ठ लायन्स सदस्य, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध अगुवा र समाजसेवीहरूको सहभागिता रहनेछ।
सन् १९७६ अर्थात् वि.सं. २०३३ मा स्थापना भएको लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै पहिलो लायन्स क्लब हो। लायन नवराज पटेलको पहलमा सुरु भएको अभियानलाई व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा औपचारिकता दिइएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22974, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १८, मंगलवार १५:०१लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव मंसिर ५ गते, १२ सय जनाको सहभागिता रहने
समाचार२०८३ कार्तिक १७, सोमबार ११:२२कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता
समाचार२०८३ कार्तिक १७, सोमबार ११:११पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा फूल मेला हुने
समाचार२०८३ कार्तिक १६, आईतवार ०८:२२युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ







